पोखराका दुई ठाउँबाट जुवाडे पक्राउ, २ लाख ७३ हजार सहित २५ जना पक्राउ

पोखरा, २२ भदौ / पोखराका दुई ठाउँबाट कास्की प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडा स्थित जंग बहादुर पुनको घरमा जुवा तास खेलि खेलाईरहेको आरोपमा १९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पुन सहित १९ जना मानिसहरुलाई १ लाख ६ हजार रुपैया सहित आठ बुक तास सहित पक्राउ गरी जुवा मुद्धामा म्याद थप गरेको कास्की प्रहरी प्रवत्ता राजकुमार केसीले जानकारी दिए ।

त्यसै गरी पोखरा महानगरपालिका वडा नम्बर ९ प्रगतिमार्ग स्थित रहेको चन्द्र बहादुर गुरुङको घरमा जुवा तास खेलि खेलाईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले ६ जना मानिसहरुलाई प्रक्राउ गरेको छ ।

उनीहरुको साथबाट १ लाख ६६ हजार सहित चार बुक तास सहित पक्राउ गरी जुवा मुद्धामा म्याद थप गरेको केसीले जानकारी दिए ।

कमेन्टहरु
Loading...