Categories
पोखरा फिचर

पोखरामा ३ महिनामा साढे २ सय जुवाडे समातिय, २० लाख नगद बरामद

पोखरा, २९ असोज / प्रहरीले पोखरामा जुवातास खेल्ने करिब साढे २ सय जना पक्राउ परेका छन् । यो पछिल्लो तीन महिनाको तथ्यांक हो । कास्की प्रहरीले गरेको स्विप अपरेसनमा साउन यता २ सय ३२ जना जुवाडे पक्राउ परेका हुन् ।

त्यसमध्ये पुरुष २ सय १७ जना छन् भने महिला १५ जना छन् । पछिल्ला महिनाहरुमा पोखरामा जुवातास खेल्नेहरु बढिरहेका छन् । पक्राउ परेका अधिकांश पेसेवार रहेको प्रहरीले जनाएको छ । यो अवधीमा २० लाख ३६ हजार नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार र आईतबार मात्रै साढे ७ लाख नगद सहित ३२ जुवाडे पक्राउ परेका छन् । सबैभन्दा धेरै असोज महिनामा नगद बरामद गरेको कास्की प्रहरीले जनाएको छ । असोजमा ८ लाख ९५ हजार नगद बरामद भएको छ भने भदौमा ५ लाख ५९ हजार र साउनमा ५ लाख ८१ हजार बरामद भएको कास्कीका प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

असोजमा ६८ वटा जुवातासको मुद्धा दर्ता भएको छ भने ७० जना पक्राउ परेका छन् । यस्तै, भदौमा ११ मुद्धामा ७८ जना कारबाहीमा परेको तथ्यांक छ । साउनमा १२ वटा मुद्धाबाट ८४ जनालाई कारबाही गरिएको छ । कास्की प्रहरीले आइतबार राती मात्रै पोेखरा १८ बाट ६ लाख १० हजार नगद सहित १५ जनालाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *