तीन भारतीय सुटर पोखरामा पक्राउ

पोखरा, १८ कात्तिक/कास्की प्रहरीले शुक्रबार पोखराबाट भारतीय सुटरहरु पक्राउ गरेको छ। सिद्धार्थ चोकबाट कास्की प्रहरीले ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए ।

उनले थप अनुसन्धान भईरहेको भन्दै सबै कुरा खुलाउन नमिल्ने बताए । पक्राउ परेकामध्ये ३ जना भारतको राजस्थानमा आतंक मच्चाएका अपराधी हुन्। उनीहरुविरुद्ध असुलीदेखि हत्यासम्मको आरोपका दर्जनौं मुद्दा भारतमै दर्ता छन्। समातिएका ४ जनामध्ये ३ जना भारतीय हुन भने १ जना पोखराका हुन्।

ती ३ जना भारतीय सुटरलाई ४ वटा हत्याको अरोप छ भने असुलीका मुद्दा २५ भन्दा धेरै रहको प्रहरीको भनाई छ । भारतको राजस्थान प्रहरीले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोलाई उनीहरुको बारेमा खबर गरेको थियो। त्यसपछि कास्की प्रहरीको सहयोगमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको हो। पोखरामा उनीहरु लुक्न आएको हो या कुनै योजना बनाएर आएको भन्ने खुलेको छैन।

कमेन्टहरु
Loading...