पोखराको पातले छाँगोमा सिसाको पुल बन्ने

पोखरा, १० असार /पोखरा १७ पातले छाँगोमा पर्यटकलाई आक्रर्षण गर्न सिसापुल निर्माण हुने भएको छ ।

पर्यटन पूर्वाधार निर्माण आयोजना सार्वजनिक निजी साझेदारी अन्तर्गत पोखरा पातले छाँगोमा सिसाको पुल निमार्ण गर्ने भएको हो ।

पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम मा सिसाको पुल निमार्ण पेस गरेका छ । पातले छाँगोलाई राम्रो सगँ हेर्ने गरी बनाउने छ ।

त्यसै गरी पोखरा महानगरपालिकाले सेती गर्जलाई साहासिक पर्यटन पूर्वाधारको रुपमा विकास गरिने कार्यक्रममा उल्लेख गरेको छ । पोखरा १८ सराङकोटमा पर्यटन पूर्वाधार निर्माण यसै वर्षबाट शुरु गर्ने कार्यक्रममा उल्लेख छ ।

सिसाको पुल
सिसाको पुल

पोखरा महानगरपालिकाका मयेर मानबहादुर जिसीले नीति तथा कार्यक्रमबाट ‘हाम्रो चाहना, पर्यटन मैत्री निर्माण संरचना’ लाई अभियानकै रुपमा अगाडि बढाइ बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० र प्रदेश भ्रमण वर्ष २०१९ लाई सफल बनाउन आन्तरिक भ्रमणमा विशेष प्राथमिकता दिएर ‘पहिले देश ,अनि विदेश’ अभियानलाई विशेष जोड दिइनेछ ।

त्यसै गरी ‘लेक टु लेक, केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाइने उल्लेख छ ।

कमेन्टहरु
Loading...