पोखरा इन्जिनियरिङका विद्यार्थीहरु ५ बुदे माग राख्दै आन्दोलनमा

पोखरा, ३ चैत /पोखरा ईन्जिनियरिङ कलेजका विद्यार्थीहरुले बुधबार क्याम्पस प्रशासन समक्ष पाँच बुँदे मागपत्र बुझाएका छन् । आफ्ना जायज मागहरु सम्बोधन नभए बिहिबारबाट आन्दोलनमा जाने संघर्ष समितिका एक अगुवा मनोज गिरीले बताए ।

विद्यार्थीहरुले कलेजसमक्ष डिजिटल परिचयपत्रको व्यवस्था हुनुपर्ने, स्वागत कार्यक्रमको नाममा उठाइएको रकम व्याज सहित फिर्ता हुनुपर्ने, रिटेक शुल्क फिर्ता हुनुपर्ने, स्ववियु निर्वाचनको मिति घोषणा गरिनुपर्ने र पुस्तकालय, खेलमैदान, प्रयोगशाला, छात्रावास तथा इन्टरनेटको उचित प्रबन्ध गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।

संघर्ष समितिका अर्का नेता संकल्प ढुंगानाका अनुसार कलेजले गत तीन वर्षदेखि विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको नाममा फि उठाएपनि स्वागत कार्यक्रम भने गरेको छैन । उनले अगाडी भने,“ इन्जिनियरिङ कलेजमा आजसम्म विद्यार्थी परिचयपत्र कागजको बोकेर हिड्नु जस्तो लाजमर्दाे व्यंग्य के हुन सक्छ ?”

कमेन्टहरु
Loading...