पोखरा कप तयारी अन्तिमचरणमा, दुई विदेशी सहित १२ टिम सहभागी हुने

पोखरा, १२ माघ/ छैटौ मनकामना केबुलकार पोखराको कपको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा १४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोलीले प्रतियोगितामा सहभागिता जनाउँदै छ । छैटौं संस्करणको मनकामना केवलकार पोखरा कप २०७५ मा क्यामरुनी टोलीको सहभागिता हुदैै छ ।

जुन प्रतियोगिताको लागि पहिलो टोली हुदाँ पोखराको मैदानमा भने अफ्रिकन टोलीको उपस्थिति दोस्रो हुने छ । यसअघि पोखराकै मैदानमा तेस्रो आहा रारा गोल्डकपको लागि अफ्रिकन युनाईटेडले सहभागिता जनाई उपाधि उचाले फर्किएको थियो । क्यामरुनी टोली डाफिनास टिम परिवारको सहभागिता रहने छ ।

प्रतियोगितामा शहीद स्मारक लिगमा सहभागि भएका ए डिभिजन ९ र आयोजक पोखरा ११ गरी १२ टोलीले उपाधि प्रतिस्पर्धा गर्ने मनकामना केवलकार पोखरा कप २०७५ का संयोजक हरि खड्काले जानकारी दिए । प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल तथा ब्रिगेड ब्वाईजको सहभागिता रहने संयोजक खड्काले बताए ।

छैटौं सस्करणमा पुरस्कार राशीलाई समेत बृद्धि गरिएको छ । पाँचौ सस्करणभन्दा झण्डै दुईलाख रुपैयाँ बृद्धि गरिएको छ । यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ । उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ठ खेलाडीलाई मोटरसाईकल प्रदान गरिने निर्णय समेत कास्की जिल्ला फुटबल संघले गरेको छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

आयोजक कास्की जिल्ला फुटबल संघले १२ दिने प्रतियोगिताको लागि १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । आम्दानी भने १ करोड २८ लाख ५० हजार गरेको छ । संघका अनुसार फुटबल खेलमा योगदान गर्ने एकजनालाई सम्मानस्वरुप मोटरसाईकल प्रदान गर्ने निर्णय समेत गरेको छ । स्थगित भएको दुई वर्षपछि मनकामना केवलकार पोखरा कप गर्ने तयारी अन्तिम चरणमा छ । मैदान वरिपरी टिनले बार्ने काम गरिएको छ । स्टेज दर्शकलाई आवश्यक प्यारापिट निर्माण गरिदैं छ । संघले मैदानलाई मर्मत सम्भारमाा समेत गरिरहेको छ ।

मनकामना पोखरा कप फुटबल प्रतियोगिता माघ तेस्रो साता

कमेन्टहरु
Loading...