सागर राज तिमिल्सिना
पोखरा, ३ बैशाख /पोखरामा जारी पाँचौ मनकामना केवलकार पोखरा कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले विजयी सुरुवात गरेको छ । आर्मीले सरस्वती क्लवलाई ३–१ गोल अन्तरले हराउदै क्वार फाइनलमा प्रबेश गरेको छ ।

आर्मीलाई विजयी बनाउन नवयुग श्रेष्ठले १४ औ र ८७ औ मिनेट र धिरज तामाङले ६० औ मिनेटमा गोल गरे । सस्वतीका लागि ४५ औ मिनेटमा सुसान्त लामाले गोल गरेका थिए ।
शुक्रबार सम्पन्न खेलको १४ औ मिनेटमा आर्मीको नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । खेलको ४५ औ मिनेटमा सरस्वतीका सुसान लामाले गोल फर्काए पछि खेल अझै प्रतिस्पर्धात्मक भएको थियो ।
खेलको म्यान अफ दि म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए । आर्मीले वैशाख ६ गते थ्री स्टार संग खेल्ने छ । शनिवार पहिलो क्वाटर फाइनल खेल नेपाल पुलिस र शसस्त्रको एपीएफ बीच प्रतिस्पर्धा हुने छ ।