पोखरामा चट्याङले एकको मृत्यु, तीन घाइते

पोखरा, ६ साउन /पोखरा लेखनाथ महानगरपालिका–२३ चापाकोटकी २४ वर्षीय सञ्जीता विकको चट्याङ लागेर मृत्यु भएको छ । बुधबार साँझ घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी विकलाई उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा बिहीबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

चट्याङले सो ठाउँका १७ वर्षीया पवित्रा विक, ४३ वर्षीया इला सुनार र २१ वर्षीय वेलबहादुर विक पनि घाइते भएका, पवित्रा र इलाको फिस्टेलमा तथा वेलबहादुरको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...