छात्रबृत्तिका माग गर्दै महानगरमा विद्यार्थी संगठनको ज्ञापनपत्र

पोखरा, ३१ बैशाख /संयुक्त विद्यार्थी संगठनले पोखरा महानगरपालिका मयेर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाएका छन्।

शिक्षा क्षेत्रमा रहेका ब्यतिथीको बारेमा जानकारी गराउदै कुनै कदम नचालेको भन्दै ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको अनेरास्ववियुका अध्यक्ष शेखर गौतमले जानकारी दिए ।

नेबिसंघ जिल्ला अध्यक्ष बिकास थापाले महानगरले आफ्नो निर्देशिकामा समाबेश भएका शैक्षिक निती कार्यान्वयन नगराए वडा कार्यालयमा ताला झुन्ड्याउन बाध्य हुने बताए ।

अखिल छैठौं का अध्यक्ष दान बहादुर सारुले जायज माग हाम्रो मात्र होइन सम्पुर्ण शोषित पीडित विद्यार्थी र आमनागरिकको रहेको बताएका थिए ।

अखिल क्रान्तिकारीका सचिब सागर पौडेलले सर्बसुलभ शिक्षामा जोड दिन महानगर लाग्नु पर्ने बताए । मेयर जिसीले ताकेता गरिरहेका छौ , जुनसुकै हालतमा पनि छात्रवृत्ति कार्यान्वयन गराउने र नियम भन्दा बाहिर गएर चलेका शैक्षिक संस्थालाई कारबाहीको दायरामा ल्याउने बताए ।

बैशाख ९ गते सम्पुर्ण वडालार्इ निर्देशन जारी गरिएको तर वडा नम्बर १२ र १३ मा सुचना निकालेर काम कारबाही अगाडि बढेको बताए । उनले वडा नम्बर १२ मा स्कुलहरुले अटेरी गरेको बताए ।

मागहरु

१) नयाँ शैक्षिक सत्र सँगै छात्रावृतीका लागी प्रक्रिया सुरु नभएकाले बारम्बार ध्यानार्कषण गर्दा पनि सुनुवाई नभएकोमा हामि गम्बिर छौ अब केहि घण्टा भित्र प्रकृया सुरु गरियोस ।

२) वार्षिक र मासिक शुल्कमा अनियमितता भएकोले दोशि स्कुल लाई कारवाही गरियोस ।

३) निजि शैक्षिक संस्था भित्र भएका व्यापारीकरणको अन्त्यकालागि यस आधिकारीक तालुक अड्डा बाट छानविनको प्रकृयामा ल्याई दोशीलाई कारवाही गर्न जोडदार माग गर्दछौँ । साथै छात्रवृत्तीको रुपमा दिदै आएको प्रतिशतलाई वढाई कम्तीमा २० प्रतिशत पुर्याउनको लागि जोडदार माग गर्दछौँ ।

४) भार क्षमता भन्दा अत्याधिक वढी विद्यार्थी वोकी विद्यार्थीको भविष्य अन्योल गराई मानव अधिकारको हनन गर्ने विद्यालय लाई कारवाही गरियोस ।

५) स्कुल तहमा दिने छात्रावृती पारदर्सी नभएको ले पारदर्सी वनाई एक हप्ता भित्र छानविन गरि दोषी उपर कारवाही गरियोस ।

कमेन्टहरु
Loading...