पोखराको विरौटामा रहेको तमुह्यूल आइल्याड भत्कायो

पोखरा, १९ कात्तिक
पोखरामा बढदो ट्राफिक जामलाई कम गर्न पोखरा महानगरपालिकाले सडक वीचमा हरेका आइल्याण्ड घटाउने, फुटपाथहरु भत्काउने अभियान सुरु गरेको छ ।

ट्राफिक ब्यवस्थापनमा कठिनाई भएको भन्दै महागनरले सडकका वीच भागमा रहेका आइल्याण्डलाई सानो बनाउने अभियान सुरु गरेको हो ।

महानगरले सोमबार पोखराको विरौटा चोकमा रहेको तमु ह्युल आइल्याण्ड भत्काएर सानो बनाएको छ । महानगरले यसअधि पृथ्वीचोक, जिरोकिलो मिटर, अमरसिंहचोकका आइल्याण्ड भत्काईएर सानो आकारको बनाएको थियो ।

पोखराका एक जर्दन चोकहरुमा रहेका ठूला र भद्धा आइल्याण्डको कारण ट्राफिक ब्यवस्थापनमा जटिलता थपिदै गएपछि एक पछि अर्को गर्दै आइल्याण्ड भत्काउन थालेको महानगरका सुचना अधिकारी गंगाल सुवेदीले बताए ।

Posted by Ganthan.com on Monday, November 5, 2018

कमेन्टहरु
Loading...