पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्ने, बैशाख १ मा शिलान्यास

पोखरा, १९ चैत्र । पोखरा अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास बैशाख १ गते हुने भएको छ । बैशाख ८ गते हुने भनिए पनि पर्यटनमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेतको उपस्थितिमा विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैशाख १ गते गर्ने निर्णय गरेको हो । बिहीबार पोखरामा पोखरामा बसेको बैंठकले शिलान्यासको मिति तय गरेको हो ।

शिलान्यास कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन समितिका संयोजक एबं संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा मुल समिति गठन गरेको छ । समितिमा चार नम्बर प्रदेशका सबै जिल्ला र क्षेत्रका सांसद, राजनीतिक दलका प्रमुख, सरकारी निकायका प्रमुख, क्षेत्रीय कार्यालयका प्रमुख, निजी क्षेत्रका संघसंस्थाका प्रमुखलाई सदस्य तोकिएको छ ।

शिलान्यासमा प्रधानमन्त्री सहित सबै राजनीतिक पार्टीका प्रमुख एबं चिनिया सरकारी प्रतिनिधिको पनि सहभागिता रहने गरी व्यवस्था मिलाइने संयोजक अधिकारीले बताए । विमानस्थल शिलान्यासलाई पोखरामा मात्रै सिमित नगरी चारनम्बर प्रदेश स्तरीय बनाउने बैंठकले निर्णय गरेको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थल शिलान्यासमा सबै पार्टी, क्षेत्र, संघसंस्था र व्यक्तिहरुले अपनत्व महशुस गर्न सक्ने गरी जनपरिचालन गर्ने निर्णय बैंठकले गरेको छ । बैंठकले विमानस्थल शिलान्यास बैंशाख १ गते गर्ने, कार्यक्रमलाई भव्य बनाउने तथा यसअघि कायम पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल नामबाट क्षेत्रीय शव्द हटाउने समेत निर्णय गरेको छ ।

बैंठकमा पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द प्रसाद पोखरेलले विमानस्थल शिलान्यस तोकिएकै समयमा हुने र निर्माण कार्यपनि तिव्र गतिमा अघि बढ्ने बताउनुभयो । स्थानियको सहयोग भए कुनैपनि कारणले निर्माण कार्यमा रोकावट नआउने उहाँले आश्वासन दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले प्राविधिक रुपमा देखिएका समस्या सुरुमै हल नगरे निर्माणपछि पनि सञ्चालनमा वाधा पर्न सक्ने तर्फ समेत गराउनुभयो । शिलान्यास पछिको निर्माण कार्यको लागि विना अवरोध निर्माण समाग्री दिने र काम गर्न दिने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका उप महानिर्देशक महेन्द्र सिंह रावलले विमानस्थल निर्माणको लागि केहि चुनौतिहरु वाँकीनै रहेको बताउनुभयो । मुख्य डिजाईनको काम वाँकीनै रहेको, सञ्चालन प्रक्रियासँगै जनशक्ति व्यवस्थापनको लागि पनि अहिलेनै सोच्नुपर्ने उहाँले बताउनुभयो ।

आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थलको लागि आवश्यक थप ५ सय २१ रोपनी जग्गामा ४ सय ६० रोपनी अधिग्रहण गरिसकिएको छ । आसपासमा रहेका ३४ घर टहरा अधिग्रहण गर्नुपर्नेमा ५ वटा मात्रै वाँकी छन् । जग्गा अधिग्रहण र मुआव्जा वितरणको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ ।

कमेन्टहरु
Loading...