पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १४ महिनामा ३० प्रतिशत काम (फोटो र भिडियो सहित)

पोखरा, १४ चैत /राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तिब्रता पाएको छ । निर्माण कार्य थालेको १४ महिनामा विमानस्थलको निर्माण कार्य ३० प्रतिशत सकिएको हो । अहिले विमानस्थलको रन वे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भईरहेको विमानस्थलका बरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १४ महिनामा ३० प्रतिशत काम
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १४ महिनामा ३० प्रतिशत काम

उनले १४ मिहनामा सबैभन्दा धेरै समय लाग्ने महत्वपूर्ण ३० प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेको बताए । सन् २०१९ भित्र ६० प्रतिशत भन्दा बढि काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको पौडेलले बताए । अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमीत रुपमा काम गरिरहेको पनि उनले बताए ।

उनले चैत महिना सम्ममा रन वे सम्पन्न भईसक्ने बताए । अहिले रनवेको ७० प्रतिशत काम सकिएको र धेरै समय लाग्ने मुख्य काम सकिसकेकोले चैत महिना भित्र रनवेको सबै काम सकिने उनको भनाई छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रन वे सिमेण्ट, बालुवा प्रयोग गरि विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १४ महिनामा ३० प्रतिशत काम
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १४ महिनामा ३० प्रतिशत काम

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । टर्मिनल भवनमा वार्षिक ५ लाख क्षमताको हुने छ । सन् २०२१ को जुलाई सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सकेर संचालनमा ल्याउने गरि निर्माण तालिका बनाएर काम अघि बढेको उनको भनाई छ ।

पोखरा विमानस्थल १४ महिनामा ३० प्रतिशन काम
पोखरा विमानस्थल १४ महिनामा ३० प्रतिशन काम

पोखरा महानगरपालिका वडा नम्बर १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम गरिरहेको छ । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

चाइनिजले यसरी काम गर्दा पोखरा विमानस्थल छिटै बन्दै

चाइनिजले यसरी काम गर्दा पोखरा विमानस्थल छिटै बन्दै

Posted by Ganthan.com on Friday, March 15, 2019

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ ।

पोखरामा बन्दै गरेको विमानस्थल यस्तो बन्दै छ

पोखरामा बन्दै गरेको विमानस्थल यस्तो बन्दै छ

Posted by Ganthan.com on Friday, March 15, 2019

कमेन्टहरु
Loading...