मन्त्रीपरिषद्बाट मात्रै हैन पोखरा विमानस्थल छिटै निमार्ण थाल्न पोख्रेलीको माग

पोखरा, ६ चैत/पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बिहीबार बसेको मन्त्रीपरीषद्को वैठकले चिनको एक्जिम वैँक सँग ऋण संझौता गर्न स्विकृती दिने निर्णय गरेको छ । विमानस्थल बनाउनुपर्ने माग राख्दै पटक पटक आन्दोलन तथा महिनौ अनसन वसेका पोखराका बासिन्दा सरकारको यो निर्णयले खुसी भएका छन् ।

बैठकले चिनको एक्जिम वैँकले सहुलियत दरमा उपलब्ध गराउने २२ अर्व ७४ करोड ९२ लाख रुपैयाँ ऋण संझौता गर्न स्विकृती दिने निर्णय गरेको हो । चिनियाँ कम्पनी सिएएमसी र नागरिक उड्डयन प्राधिकरणबीच इपिसी मोडलमा २१ सय ६० करोड अमेरीकी डलरमा विमानस्थल निर्माण गर्ने संझौतालाई पहिले नैै मन्त्रीपरीषद्ले अनुमोदन गरीसकेको थियो ।

विमानस्थल निर्माणका लागि चिनको एक्जिम बैंकले उपलब्ध गराउने सहुलियत ऋणको व्याजदर एक दशमलव सात प्रतिशत हुने र कुल लागतको एक तिहाई चिन सरकारले अनुदान दिने गरी प्रधानमन्त्रीको चिन भ्रमणका क्रममा ऋण संझौता गर्ने तयारी गरीएको संसदिय विकास समितिका सभापति रविन्द्र अधिकारीले बताए ।

विमानस्थल निर्माणको बोलपत्र आव्हानको विषयमा विभिन्न राजनीतिक दलको इच्छाशक्तिले विमानस्थल वनाउने नवनाउने कुरामै निकै विवाद भएको थियो । यो बीचमा पोखराका बासिन्दाले जसरी पनि विमानस्थल वनाउनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन र महिनौ अनसन समेत वस्नुपर्यो । ढिलै भएपनि सरकारको पछिल्लो निर्णयले विमानस्थल निर्माणको कामले तिव्रता पाउने भएपछि पोखरावासीमा खुसी छाएको विमानस्थल निर्माण सरोकार समितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले बताए ।

विमानस्थल निर्माणपछि पोखराको मात्र नभई समग्र पश्चिमान्चलकै पर्यटन क्षेत्रको विकासमा उल्लेखिय टेवा पुग्ने भन्दै निर्माणमा ढिलाई नगर्न पर्यटन व्यवसायी नाटा पश्चिमाञ्चलका अध्यक्ष दिलप्रसाद गौतमले बताए ।

पोखरा विमानस्थल निर्माणका लागी सरकारले २०३२ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरेको थियो । विमानस्थलका लागी जग्गा नपुगेपछि अहिले थप ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरी मुअव्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रीको चिन भ्रमणकै क्रममा एक्जीम वैकसँग ऋण संझौता गरी विमानस्थल निर्माणको कामलाई तिव्रता दिन पोखरावासीको माग छ ।

कमेन्टहरु
Loading...