पोखरामा नमूना अभ्यासः पृथ्वीचोकमा सडक दुर्घटना

पोखरा, २ कात्तिक / पोखराको मुख्यचोक पृथ्वीचोकमा शनिबार विहान मानिसहरु एक पछि अर्को गर्दै मानिसहरुको भिडबढ्यो । मानिसहरु के भयो के भया भन्दै थिए । सडकमा दुई जना रगतले ओतपोत हुदै पछारीका थिए ।

के रहेछ भनेर बुझदै जादा कार र मोटरसाइकड ठोकिएर दुर्घटना भएको रहेछ । उद्धार सम्बन्धी संयुक्त नमूना अभ्यास रहेछ । “अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षती घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं” भन्ने मुल नाराका साथ गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी विपद व्यवास्थापन कार्यक्रम अन्तर्गत सडक दुर्घटना उद्धार नमूना अभ्यास थियो ।

ठुलै जनधनको क्षती हुने गरी सडक दुर्घटना भएमा सम्पूर्ण सरोकारवाला निकायहरुले क्षती न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले नमुना अध्यास गरेको थियो ।
संयूक्त नमूना अभ्यासमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाईटीले दुर्घटनाका समयमा आ आफूले निर्वाह गर्नुपर्ने भूमिका प्रदर्शन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन सहित मानसिक र शाररीक रुपमा तयार रहन सबैमा आग्रह गरे ।

उनले गण्डकी प्रदेश नेपाल प्रहरीको उद्दार समूहलाई आवश्यक पर्ने उपकरणहरको व्यवस्था गर्न गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै प्रहरी कर्मचारीहरुको मनोबल वृद्धि गराउन आवस्यक सेवा सुविधा वृद्धिका लागि पहल गर्ने बताए ।

सम्ताहव्यापी कार्यक्रम अन्तर्गत गत असोज २५ गते गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा खोचबाट उद्धार नमूना प्रदर्शन, नेपाली सेना पश्चिम पृतना पोखराको टोलीले पोखराको नयाँबजार स्थित अग्नी नियन्त्रण नमूना अभ्यास प्रदर्शन साथै शसस्त्र प्रहरी बल गण्डकी प्रदेश पोखराले ताल तलैयामा डुवेका व्यक्तिको खोजी तथा उद्धार नमूना प्रदर्शन समेत गरेको थियो ।

कमेन्टहरु
Loading...