पहिरोले घर भत्किदा पोखरामा तीन जना घाईते

फाइल तस्बिर

पोखरा, २७ साउन /पोखरा लेखनाथ महानगरपालिका २६ बराल डाडाँमा घर पछाडीबाट पहिरो आउदा तीन जना घाइते भएका छन् । घर पछाडीबाट आएको पहिरोका कारण घरको पछाडीको भाग भत्किदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा विर बहादुर लामा, जमुना लामा, दुई वर्षका बालक अन्ज लामा रहेका छन् । उनीहरु संजिब बरालको घरमा बस्दै आएका थिए । पहिरो आएको थापा पाएपछि उनीहरु भाग्न सफल भएका थिए ।

कमेन्टहरु
Loading...