पोखरामा नक्कली प्रहरी बनेर लाखौं ठगी गर्ने पक्राउ

पोखरा, १२ पुस/कास्की प्रहरीले कास्की तथा अन्य आसपासका जिल्लाका विभिन्न व्यक्तिहरुलाई प्रहरी हुभनि ठगि गर्ने एक नक्कली प्रहरीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्जुङ मर्स्याङदी गाँउपालिका वडा नम्वर १ घर भई हाल पोखरा महानगरपालिका बडा नम्बर १५ काजिपोखरी बस्ने वर्ष २८ को जिवन गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ हुँ समेत भनि विभिन्न व्यक्तिहरुबाट नगद तथा जिन्सी सामान असुल्दै आएको छ भन्ने सुचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो ।

कास्कीबाट प्रहरी साहेक निरिक्षक सन्तोष सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाण्डौको गोंगवु बसपार्कबाट पक्राउ गरेको हो । सुबेदीको टोलीले बुधबार पक्राउ गरेकी बिहीबार अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रारभ्भिक अनुसन्धान प्रश्चात खुल्न आएका कुराहरु

  • निजले हाल सम्म २९ जना व्यक्तिहरुवाट ८१,८५,४०९ (एकासी लाख पचासी हजार चार सय नौ ) रुपैया उठाएकोभन्ने बुझिएको ।
  • निजले यस्ता कार्यहरु विगत डेढ वर्ष देखि गर्दै आएको भन्ने वुझिएको ।
  • निजले कहिले जिल्ला प्रहरी कार्यालय कास्कीको CID र कहिले राष्ट्रिय अनुसन्धाको स्टार्फ भनि ठगि गर्ने गरेको ।
  • सो वाहेक कसैलाई सरकारी जागीर लगाउने प्रलोभन देखाई त कसैलाई गाडीको व्यापार गर्ने भनि ठगि गरेको ।
  • पोखरा तथा काठमाण्डौवाट भाडामा कारहरु लिई प्रहरीको काममा हिडेको भनि ठगि गरेको ।
  • निजको वयानको आधारमा उक्त रकम पोखरा तथा काठमाण्डौका डिस्को विलासिताका लागि सकेको भन्ने खुलाएको ।
कमेन्टहरु
Loading...