नेहाको पोस्टमार्टम गर्ने डाक्टर झिकाउन अदालतको आदेश

पोखरा, ७ बैशाख /नेहा पुन हत्याको मुद्दामा जिल्ला अदालतले सोमबार पोस्टमार्टम गर्ने चिकित्सक झिकाउने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश नरिश्वर भण्डारीको इजलासले पोस्टमार्टम रिपोर्टको बारेमा थप जानकारी लिन खबर आजको समाधान दैनिकले खबर छापेको छ । यसैगरी प्रहरी अनुसन्धानका क्रममा कागज गर्ने करुण रानाभाटलाई झिकाउन पनि सोमबार आदेश दिएको सेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए ।

नयाँगाउँ घर भई न्युरोडस्थित स्माल क्याफेमा कार्यरत १९ वर्षे नेहा पुनको शव माघ १९ गते बिहान उनकै घर नजिकै भेटिएको थियो ।

कमेन्टहरु
Loading...