राजनीतिक दलले भाञ्जा भाञ्जीलाई नागरिकता दिन खोज्दा समस्या- मुख्यमन्त्री गुरुङ

पोखरा, २० मंसिर /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक दलले भाञ्जा भाञ्जीलाई नागरिकता दिलाउन खोज्दा नागरिकता वितरणमा समस्या देखीने बताएका छन् ।

बिहीबार पोखरामा भएको एक कार्यक्रममा मुख्यमन्त्री गुरुङले तराई र हिमाली सिमा क्षेत्रका रहेका विदेशी नागरिकलाई नागरिकता दिए जटील समस्या आउने समेत बताए ।

सरकारले सबै नागरिलाई नागरिकता दिन सहज बनाई रहदा केहि दलहरुले भाञ्जा भाञ्जीलाई नागरिकता दिलाउन खोज्दा समस्या उत्पन्न भएको बताए ।

महिला कानून र विकास मञ्च (एफडब्लुएलजी) को आयोजनामा पोखरामा आयोजित नागरिकता तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी कार्यक्रममा उनले नागरिकता मार्फत् राजनीतिक, आर्थिक, सामाजिक, लैंगिक स्वार्थ लिन खोज्नु थप समस्या भएको बताए ।

मुख्यमन्त्री गुरुङले पहाडी क्षेत्रमा यो समस्या नभए पनि हिमाली र तराई क्षेत्रका केही भागमा भने नागरिकता प्राप्ति मुख्य समस्याको रुपमा रहेको बताए । ‘हिमाली र तराईमा राजनीतिक गर्ने नेताहरुले आफ्नो भाञ्जाभाञ्जीलाई नेपाली नागरिक बनाउन ठूलो चाहना हुन्छ । त्यसभित्र भने ठूलो स्वार्थ लुकेको हुन्छ । यो कार्य रोकिनुपर्छ ।’

नागरिकता तथा व्यक्तिगत घटना दर्तासम्बन्धी प्रशिक्षण प्रशिक्षण ३ दिनसम्म चल्ने छ । प्रशिक्षणमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङबाहेक सम्बन्धित जिल्लाका जनप्रतिनिधि, वडा सचिव, अधिवक्ता, सामाजिक कार्यकर्ता गरी झण्डै ४० जनाको सहभागिता छ ।

कमेन्टहरु
Loading...