ठेक्का होल्ड गर्ने ठेक्दारलाई कार्वाही हुन्छः अख्तियार प्रमुख घिमिरे

पोखरा, २५ असोज / अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले लामो समय समम ठेक्का होल्ड गरेर राख्ने

ठेक्दारहरु कार्वाहीको दायरामा आउने बताएका छन् । बिहीबार पोखरामा सुशानका लागि नागरिक समाज पोखराले आयोजना गरेको

भ्रष्ट्रचार नियन्त्रयणमा अख्तिया र नागरिक समाजको भुमिका विषय कार्यक्रममा उनले ठेक्का होल्ड गरेर बस्ने ठेक्दारलाई कडा निग्रानी

गर्ने बताए ।

‘निमार्ण व्यवसायीहरु टोपी हातमा लिएर काम गर्नु होस्,’ उनले भने ‘काम गर्न शुभकामना छ, हैन भने आयोग काड कार्वाहीमा लाग्छ ।’

उनले कर्मचारी तन्त्रमा भईरहेको भ्रष्ट्रचार नच्चिए आयोग चुप लागेर नबन्ने बताए । कर्मचारी नसच्चिए टोपी हातमा लिएर भाग्ने दिन आउने

उनको भनाई थियो । जनताको काम समयमा नभए भोली जनताले कर्मचारीलाई लखेट्ने दिन नआउला भन्न सकिदैन ।

उनले नेपाली सेनालाई ठेक्का दिदा नेपाली सेनामा भएको व्यवसायीकता हराउने बताए । उनले नेपाली सेनालाई विकास निमार्णका काम

लिएर अगाडी बढ्ने की व्यवसायीक सेना बनाउने भन्ने बारेमा सोच्नु पर्ने बताए । उनले अख्तियारको इन्टलिजेन्ट व्युरोको स्थापान छिटै

हुने बताए । त्यसले सामाजीक क्षेत्रमा काम गर्ने व्यक्तिहरुको सम्पतीको तथ्याङ संकलन गर्ने र अख्तियारकै कर्मचारी निरिक्षण गर्ने

उनले बताए । देश संघीय संरचनामा रहेको उल्लेख गर्दै संविधान कार्यान्वयनमा सबैजना जुट्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

कमेन्टहरु
Loading...