पोखरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, १६ वैशाख/पोखरा ५ फिर्केपुल नजिकै ट्रकले मोटरसाइललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

ना६ख ३६१० नम्बरको मिनि ट्रकले ग६प ९६६६ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा एकको मृत्यु भएको हो । मृत्युहुनेमा मोटरसाइकल चालक बुद्धि गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट सडकमा लडेका गुरुङको पश्चिमाञ्चल अस्पतालमा उपचारकाक्रमा मृत्यु भएको प्रहरीको भनाई छ । पोखरा १ बगर घर भएका गुरुङको सवलाई अस्पतालमा पोष्टमार्टका लागि राखिएको छ । ट्रक चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...