मेयर उपमेयर दुवै काठमाण्डौं, कार्यबहाक मेयरमा वडाध्यक्ष पौडेल

पोखरा, ११ भदौ / पोखरा महानगरका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ काठमाण्डौं छन् ।

नेपाल नगरपालिका संघको अधिवेशनमा सहभागी हुन दुवैजना काठमाण्डौ गएपछि अहिले पोखरा महानगरमा

कार्यबहाक मेयरको रुपमा वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेललाई तोकिईएको छ ।

‘म महानगरपालिकाको कामको सिलसिलामा काठमाण्डौं जानुपर्ने भएकोले भदौ १२ गतेदेखि म

महानगरपालिकामा फर्की नआएसम्म कार्यबहाक प्रमुखको रुपका कामकाज गर्नुहुन जानकारी गराउँदछु । मेयर

जिसीले दिएको पत्रमा लेखिएको छ ।’

भदौ १२ गतेदेखि ३ दिनसम्म काठमाण्डौंमा नगरपालिका संघको अधिवेशन हुँदैछ । मेयर जिसी अधिवेशन

सकेर पोखरा फर्किनेछन् भने उपमेयर गुरुङको त्यतैबाट जापान जाने कार्यक्रम रहेको मेयरका स्वकीय सचिव

लक्ष्मण तिमिल्सीनाले जानकारी दिए । प्रमुख नभएको अवस्थामा जेष्ठताका आधारमा वा मेयरले नै तोकेको

ब्यक्तिलाई कार्यबहाक दिन मिल्ने ब्यवस्था छ ।

कमेन्टहरु
Loading...