शैक्षिक गुणस्तरमा ध्यान देउ- बिनि ढकाल

पोखरा, १० पुष /स्याङजाको आरुखर्क ९ स्थानचौरमा रहेको महेन्द्र जनसहयोग आधारभुत विद्यालयको ५६ औं बार्षिकउत्स तथा अभिभाबक दिवसमा विभिन्न व्यक्ति सम्मानीत भएका छन् । बार्षिक उत्सको विद्यालय निरिक्षक भगवान ढकालले उद्घाटन गर्दै सम्मान गरे । ढकालले बार्षिकउत्सको उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणब्स्तरमा सुधार गरेर विद्यार्थी संख्यामा पनि बृद्धी गर्न पर्नेमा जोड दिए ।

कार्यक्रममा स्रोतव्यत्ती लक्षमण शर्मा, शिक्षाप्रेमी हरि बहादुर खड्का , अक्ष्यकोषदाता बिष्ण्ुा प्रसाद बराल ,चन्द्रकान्त आचार्य लगाएतले बिधालयले शैक्षिक गुणस्तरमा ध्यान दिदै आगामी दिनमा अगाडी बढ्न आग्रह गरे । सो अबसरमा विद्यालयका प्रध्यानाध्यापक बल बहादुर गोदारले २३ लाख ३५ हजारको आम्दानी खर्च सहितको विद्यालयको प्रगती विवरण प्रस्तुत गरे ।

विद्यालयले २०६८ बाट विद्यालय व्यबस्थापन समिति, शिक्षक अभिभाबक संघ र सामाजिक क्षेत्रमा काम गरेका बिभिन्न व्यत्तित्वहरुलाई सम्मान गरेको विद्यालयका प्रध्यानाध्यापक बल बहादुर गोदारले जानकारी दिए । यस्तै विद्यालय बार्षिक परिक्षा तथा अतिरित्त कृयाकलापमा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

विद्यालय व्यबस्थापन समिचिका अध्यक्ष हुम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक सीता रोका कार्कीले गरे । २०१८ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरीदेखी ८ सम्म अग्रजीमाध्यमा पठनपाठन हुदै आएको छ ।

कमेन्टहरु
Loading...