माछापुच्छेका प्रशारणलाईन पीडित आन्दोलीत, सवस्टेशनको काम रोक्ने

पोखरा, २४ असार/कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ४ भिरकटेराका स्थानीय विद्युत प्राधिकरणसँग रुष्ट भएका छन् ।

मोदी लेखनाथ १३२ केभी प्रशारण लाईनको सवस्टेशनमा पोखरा विद्युत लैजान प्रशारण लाईन विस्तारको क्रममा स्थानीयको जग्गा अधिग्रहण गर्ने अपारदर्शी र समन्वय नगरिकन काम अघि बढाईएकोमा उनीहरु आन्दोलित भएका हुन् ।

स्थानीयहरुले संघर्ष समिति गठन गरेर निर्माणाधिन सवस्टेशनमा ताला लगाएर काम रोक्ने लगायतका आन्दोलनका कार्यक्रम अघि बढाउने भएका हुन् ।

पत्रकार सम्मेलन गरेर उनीहरुले आफ्नामागहरु सुनुवाई नभए स्वस्टेशनमा ताला लगाएर अरु काम अघि बढ्न नदिने घोषणा गरे ।

समितिका अध्यक्ष शरदचन्द्र ढकालले तीव्र रुपले बस्ती विस्तार भइरहेको क्षेत्रबाट प्रसारण लाईन लैजादा आफूहरुको सुरक्षामा समेत खतरा भएको र खेतीयोग्य जमीन नोक्सान भएकोले सच्चाउन माग गरिएको र नभए सवस्टेशनमा ताला लगाईने बताए ।

कार्यालय, गाउँपालिका,जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा पत्राचार गरेर आफ्ना विषयहरु राख्दा समेत सुनुवाइ नगरी एकतर्फी रुपमा पीडितहरुलाई गुमराहमा राखेर जग्गा अधिग्रहणको लागि मिति विनाको सूचना टाँस गरिएको ढकालको भनाई छ ।

उनले भने,‘हामी विकास विरोधी होइनौँ तर वातावरणीय प्रभाव मुल्याङ्कन र स्थलगत अध्ययन नगरी सार्वजनिक सुनुवाई विना एउटा कोठामा बसेर गरिएको सर्वेक्षण हामीलाई किमार्थ स्विकार्य छैन। उक्त सर्वेक्षमण तुरुन्त परिर्वतन गरियोस्।’

प्रशारण लाईन विस्तारको योजना अघि बढाउँदा स्थानीयको राय नलिईको र कम क्षति हुने र विद्युत प्राधिकरणलाई समेत घाटा नहुने विकल्पहरुमा ध्यान नदिईएको पीडित बलराम लामिछानेले बताए ।
उनले भने,‘ बस्तीको बीचबाटै जोखिम हुने गरी लाइन लैजानु आवश्यक छैन, अन्य विकल्प पनि छन्, पारीपट्टी अस्ताम तिरको बनको बाटो हुँदै पनि लान सकिन्छ।’ प्रशारण लाईन विस्तारको गर्दा सो स्थानका ५० भन्दा बढी प्रभावित हुने बताईन्छ ।

वडाध्यक्ष पूर्णबहादुर शाहीले आयोजनाले प्रशारण लाईन विस्तार लगायतका काम अघि बढाउँदा वडा कार्यालयसँग कुनै समन्वय नगरेको बताए । स्थानीयले उठाएका मागहरु जायज रहेको बताउँदै शाहीले विकास पनि हुने जनतालाई मर्का पनि नपर्ने गरी काम अघि बढाईनुपर्ने धारणा उनको छ ।

कमेन्टहरु
Loading...