छोटो समयमा सगरमाथा चढेर रेकड बनाउने ल्हाक्पा गेलु शेर्पालाई पोखरामा स्वागत

पोखरा, १७ पुस / छोटो समयमा सगरमाथा चढेर विश्व रेकड बनाउने ल्हाक्पा गेलु शेर्पालाई पोखरामा सम्मान गरिएको छ । सोलुखुम्वु जिल्ला खुम्बुपसाङ गाउँपालिका १ घर भई हाल अमेरिका बस्दै आएका ल्हाक्पा गेलु शेर्पालाई टान पोखरा पश्चिमाञ्चलले स्वागत गरेको हो ।

उनले बिश्वको अग्लो हिमाल सगरमाथा छोटो समयमा १० घण्टा ५६ मिनेट ४६ सेकेन्ड मा सफल आरोहण गरी १५ पटक सगरमाथा आरोहण गर्न सफल भएका थिए । शेर्पालाई टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरी भुजेल लगाएतको टोलीले उनलाई कार्यलयमा स्वागत गरेको हो ।

कमेन्टहरु
Loading...