पोखराको लेकसाइडमा क्लबमा आगोलागि, लाखौको क्षती

पोखरा, २४ फागुन /पोखराको लेकसाइडमा शुक्रबार राती एक बर्गरबाट फैलिएको आगोका कारण लाखौको क्षती भएको छ ।

लेकसाइडको हल्नचोकमा रहेको केजि बर्गर एण्ड जुसबाट फैलिएको आगोका कारण क्लब 99 मा पुर्ण क्षती पुगेको छ । बर्गररहेको सिलिण्डर ग्यास पडेकी पछि आगोलागि शुरु भएको प्रहरीले जानकारी दिएको छ ।

राती करिब ८ः४५ लागेको आगो करिब दुई घण्टामा नियन्त्रणमा आएको थियो । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी स्थानीय सहितको टोलीले दुईवटा दमकल र खानेपानीको ट्याङ्करको सायताले आगोनियन्त्रणमा लिएका थिए ।

आगोलागिबाट लाखौको क्षति भएको प्रहरीको अनुमान छ । क्लबमा रहेको सामानरु जलेर नस्ट भएका छन् भने आसपासका अन्य पसलमा क्षती पुगेको छ ।

कमेन्टहरु
Loading...