पोखरामा पेन गन र लागु औषध एक पक्राउ

पोखरा, १ साउन / कास्की प्रहरीले ‘पेन गन’ सहित लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागु औषध कारोबारीको आरोपमा पोखरा २४ कास्कीकोट घर भई हाल पोखरा ७ मासबार बस्ने सागर रानाभाटलाई पेन गन सहित प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध ओसरपसार, बिक्री वितरण तथा हातहतियार बोकेर हिड्ने गरेको सूचनाका आधारमा प्रहरीले रानाभाटलाई पक्राउ गरेको बुधबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पेन गन
पेन गन

प्रहरीले एक थान ‘पेन गन’ र त्यसमा लाग्ने ७ थान गोली बरामद गरिएको बताउदै एसपी कार्कीले यसबाट हानेको गोलीले मान्छेको ज्यान जान सक्ने बताए ।

रानाभाटको साथबाट फेनारागन ६०, बुफ्रिन ६०, डाइजापाम ६० थान र नाइट्रोसन १५ चक्की विभिन्न व्यक्तिका पासपोर्ट र नागरिकता १० थान बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।

कमेन्टहरु
Loading...