मौषममा खराबीका कारण दुई दिन देखी पुर्व प्रधानमन्त्री ओली मुस्ताङ मै

मुस्ताङ, २९ साउन/मौषममा खराबी आए पछि दुई दिन देखी पुर्व प्रधानमन्त्री केपी शर्मा ओली मुस्ताङमा नै रोकिएका छन् ।

शनिबार मुस्ताङको सदर मुकाम जोमसोममा हावाबाट निकाले विजुलीको उद्घाटनका लागि आएका ओली मौषमले साथ नदिए पछि पोखरा हुदै काठमाडौं फर्किन नसकेको प्रहरीले जानकारी दिएको छ ।

ओली हेलिकप्टर मार्फत पोखरा हुदै काठमाडौ जाने तयारी भए पनि शनिवार हेलिकप्टर उड्नाका लागि अनुकुल मौषम नभए पछि मुस्ताङ मै बसेको प्रहरीको भनाई छ ।

आइतबार पनि मौषम नखुले पछि पुर्व प्रधानमन्त्री ओली मुस्ताङको लेते सम्म हेलिकप्टरमा गएर बसेको प्रहरीको भनाई छ । शनिबार ओलीले नेपाल र चिनको सिमाना कोराला नाकामा, उपल्लोमुस्ताङ, मुक्तिनाथ मन्द्रिरको दर्शन गरेका थिए ।

कमेन्टहरु
Loading...