कोरियामा ई-हेल्थ केयर सम्बन्धित सेमिनार

दक्षिण कोरियामा रहेका नेपाली समुदाय तथा कोरियन नागरिकबिच तथा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्यव समिति लगायत बिभिन्न संघ संस्थाको समन्यव तथा सहभागितामा दुइ दिने यूबिक्विटस्–ई-हेल्थकेयर सम्बन्धित सेमिनार तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपालका लागि विभिन्न समयमा हेल्थ क्याम्पहरु संचालनमा सहभागी भैसकेका डाक्टरहरु, कोरियाको ख्यंगसान बोक्दो क्षेत्रमा अध्यनरत नेपाली विद्यार्थी तथा कोरियन नागरिकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख बक्ताका रुपमा रोमन मेगासासे पुरस्कार बिजेता तथा सामाजिक अभियन्ता महाबिर पुन, अमेरिका स्थित पुरुदु बिश्वबिधालयका प्राध्यापक डा व्यंग छल मिन तथा भारतको मणिपाल बिश्वबिधालयका प्राध्यापक डा एच,जे जोशी, साना तथा मध्यम उद्योगी संघ दक्षिण कोरियाका अधक्ष्य डा जोंग गयु छे लगायतले कार्यपत्र प्रस्तुत गर्दै विकाशशिल तथा अति अबिकशित मुलुकहरुमा यूबिक्विटस–हेल्थकेयरको उपध्यता तथा महत्तामाथि प्रकाश पार्नु भएको थियो्र ।

कार्यक्रममा डा प्रतिभा भण्डारी, दिर्घ कुमार लामिछाने, प्रविन शाक्य, प्राध्यापक योन न्यून किम, डा लि जोंग क्यु, नेपाली राजदुतवास सौलका प्रतिनिधि दिपक बन्जाडे लगायतले टेलिमेडिसिन वा ई–हेल्थकेयर सेवा सम्बन्धित प्रतिबेदन प्रस्तुत गरेका थिए्र । ख्यंगसान बोक्दो प्रान्तको यौन्गनाम बिश्वबिधालयमा संचालित कार्यक्रमको सहजीकर्ताका रुपमा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्यव समितिका सदश्य तथा पूर्व आइसिसि प्रतिनिधि डा देबी बहादुर बस्नेत, योंगनाम बिश्वबिधालयका प्राध्यापक डा रोशन प्रधान, डा राजेश चन्द्र जोशी तथा डा ज्ञानेन्द्रराज जोशी रहेका थिए ।

सेमिनार तथा अन्तरक्रिया कार्यक्रममा सहभागि बिज्ञहरुको भेलाले निकट भविष्यमा नेपाललाई मायागर्ने मेडिकल डाक्टरहरुलाई एकसुत्रमा वाँध्दै अत्याधुनिक संचार उपकरणको प्रयोगमार्फत सामाजिक अभियन्ता महाबिर पुन संगको सहकार्यमा नेपालका दुर्गम तथा बिकट क्षेत्रमा कुनै पनि समयमा स्वास्थ्य सेवा लिन सक्नेगरि टेलिमेडिसिन वा ई–हेल्थकेयर सेवा संचालन गर्ने निर्णय गर्दै उक्त कार्यको लागि यथाशक्दो प्रतिवेदन तयार गर्ने र कार्यनवयन तर्फलाग्ने समेत निर्यण गरियो।

उक्त अन्तरक्रिया कार्यक्रम अवधिभर दक्षिण कोरियामा रहेको नेपाली बिधार्थीहरुको साझा संस्था नेपाली बिधार्थी समाज कोरिया ९सोनसिक०ले स्वयमसेवकिय भूमिका खेल्नुका साथै अन्तरक्रिया’ कार्यक्रम पछिको समयमा ख्यंगसानबोक्दो क्षेत्रका नेपाली बिधार्थीलाइ लक्षित गरि डा। सन्जिब हुमागाईं, डा। तारामान कडायत तथा योंगनाम बिश्वबिधालयका प्राध्यापक डा। व्यंग वांग लिको सहभागितामा नेत्रितो बिकाश तथा शैक्षिक पोस्टर प्रदर्शिनी कार्यक्रमको आयोजन गरेको थियो्र अन्तमा, कार्यशालालाई सफल पर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने संघ संस्था तथा ब्यक्तीहरुलाई धन्यबाद दिदै कार्यनवयन तर्फसमेत हातोमालो गर्नको लागि अनुरोध गरियो।

कमेन्टहरु
Loading...