कृस्ति, निर्मलपोखरी, भरतपोखरी मोटरबाटो २२ करोडमा बन्दै

सागर राज तिमिल्सिना
पोखरा, ३१ जेठ /पोखरा १७ छोरेपाटनबाट सुरु हुने कृस्ति, निर्मल पोखरी, भरतपोखरी मोटरबाटो अर्को आर्थिक वर्ष देखि निमार्ण हुने भएको छ ।

पोखरा १७ छोरेपाटनबाट सुरु भएर कृस्ति, निर्मलपाखरी, भरतपोखरी हुदै लाम्गादीमा पुग्ने छ । करिब २२ किलोमिटरको सडक विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको हो । २२ करोडमा ठेक्का टेण्डर भई सकेको जिल्ला विकास समितिका कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले असार मसान्त सम्मामा ठेक्का सम्झौता भई सक्ने र सम्झौता भएको १५ महिनामा निर्माण पुरा हुने बताए । मोटरबाटोमा साढे चार मिटरको पिचबाटो, एक मिटर सोल्डर, ७५ सेन्टिमिटरको नाला तयार हुने बताए । उनले नाला सहित ६ मिटर २५ सेन्टिमिटरको बाटो बन्ने बताए । उनले घुम्तीहरुमा अझ एक मिटर बाटो चौडाइ बढ्ने बताए । मोटरबाटो निर्माण पछि लेखनाथबाट पोखरा आउने बाटोको विकल्प हुने छ ।

कमेन्टहरु
Loading...