कास्कीमा छुटाछुटै दुर्घटनामा दुईको मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, २८ जेठ /कास्कीमा छुटाछुटै ठाउँमा भएको दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ । पोखरा २७ हेम्जामा मोटर साइकलको टायर पंचर हुदा मोटर साइकलका चालकको मृत्यु भएको छ । ध १ प १९४७ नम्बरको मोटर साइकलको अगाडिको टाएर पंचर हुदा सोहि दिशाबाट आउदै गरेको ग १ ख ४३५४ नम्बरको टिप्पर मुनि पर्दा मोटर साइकल छिर्दा एक जनाको मृत्यु भएको हो ।

पर्बत जिल्लाको पकुवा ७ बस्ने २७ वर्षिय सन्तोष पौडेल घाईते भई उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटर साइकलको पछाडी सवार पर्बत जिल्ला खौला ५ बस्ने ५६ वर्षिय हरी प्रसाद सापकोटा घाईते भएका छन् । उनलेको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने टिप्पर चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । मृतक पौडेल विभिन्न सामाजीक संघ संस्थामा सक्रिय थिए भने पर्वतमा युवा व्यवसायीका रुपमा उदाएका थिए ।

त्यसै गरी कास्की कालीका गाबिस ४ मुलिममा ग १ त ३३८३ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालकको निधन भएको छ । अनियन्त्रीत भई सडकमा पल्टिईदा तनहुँ भगवतीपुर २ का ३५ बर्षिय सन बहादुर नेपालीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...