कास्की कारागारमा भाइरल, ५० कैदी बिरामी, एक जना सिकिस्त

पोखरा, १३ भदौ/भाइरलका कारण कास्की कारागारमा रहेका ५० कैदी एकै पटक बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी लाग्ने र वान्ता आउने भए पछि भाइरलले भएका हुन् । उनीहरुको पश्चिमाञ्चल अस्पतालमा उपचारका लागि लगेको कारगार प्रमुख हरि प्रसाद गौतमले जानकारी दिए ।

कैदी बिरामीको उपचार पछि उनीहरुलाई जिल्ला कारागार कास्कीमा नै राखीको उनको भनाई छ । विरामी मध्ये एक जना सिकिस्ट विरामीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए ।

लगातारको वर्षा सगैँ आएको पहिरोको कारण पोखराको पिउने पानी प्रदुषितका कारण खानामा फुड पोइजन भएर उनीहरु विरामी परेको हुन सक्ने चिकित्सकले जनाएका छन् ।

कमेन्टहरु
Loading...