कास्कीको विरेठाँटीमा क्यानोनिङ संचालनमा

पोखरा, ७ असोज/पोखराबाट नजिकै, पर्यटकीय गन्तव्य अन्नपुर्ण पदमार्गको प्रवेशद्धवार कास्कीको अन्नपुर्ण ८ विरेठाँटीमा साहसिक खेल क्यानोनिङ व्यवसायीक रुपमा संचालनमा आएको छ ।

स्वदेशी तथा विदेशीहरूलाई मध्यनजर गर्दै विरेठाँटी क्यानोनिङ प्रालिले संचालनमा ल्याएको क्यानोनिङ्गको अन्नपुर्ण गाँउपालीका प्रमुख युवराज कुवाँरले शुक्रबार उद्घाटन गर्नुभएको छ । क्यानोनिङको उदघाटन गर्दै गाँउपालीका प्रमुख कुवाँरले पर्यटकको अकर्षक बन्ने साहासिक खेल क्यानोनिङ अन्नपुर्ण गाँउपालीक भित्रै पर्नले यस ठाँउको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दावी गर्नुभयो ।

पर्यटकका लागि गन्तव्य थपिदा त्यस क्षेत्र कै विकासमा महत्व राख्ने भन्दै उहाँले क्यानोनिङ संचालनका लागि आवश्यक वैधानिक कानुनी प्रकृयाका लागि आफुँले सहयोग गर्ने प्रतिवद्धता समेत गर्नुभयो । क्योनोनिङ संचालक विजय गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले स्थानिय युवाहरुको पहलमा संचालनमा आएको व्यवसायले रोजगारी सिर्जना गर्ने बताउनुभयो । उहाँले स्थानियस्तरमा भएका विकासका कार्यमा आफ्नो सहयोग सदैव रहने बताउदै अन्नपुर्ण गाँउपालीका प्रवद्र्धनमा क्यानोनिङको भुमिका महत्वपुर्ण रहेको जिकिर गर्नुभयो । यस संगै विरेठाँटीको लामखेतमा क्यानोनिङ्ग व्यवासायीक रुपमा संचालनमा आएको छ ।

करिव १ करोडको लगानीमा निर्माण भएको क्यानोनिङ स्थलमा स्थानिय परिकार रेष्टुरेन्ट, लगायतको सुविधा छ । स्थानिय युवाहरु पुर्ण गुरुङ, सुरेश गुरुङ, विष्णु गुरुङ र विजय गुरुङको सयुक्त लगानी रहेको यस क्यानोनिङमा पोखरा देखि जानेहरुका लागि दैनिक रुपमा यातायातको व्यवस्था गरिएको छ ।

क्यानोनिङ स्पटमा लाने–ल्याउने तथा खाने–बस्ने प्याकेजसहितको व्यवस्था कम्पनीले सुविधाका रुपमा उपलब्ध गरेको छ । कम्पनीले हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी एवम शुभदिपवालीको अवसरमा ओपनिङ्ग आवर भनेर प्याकेज समेत ल्याएको छ । यस प्याकेज अनुसार यहि असोज ६ गते देखि १२ गते सम्म नेपाली नागरिकले प्रतिव्यक्ती १५ सय र विदेशी नागरिकले २ हजारमा क्यानोनिङको मज्जा लिन सक्ने कम्पनीले बताएको छ । त्यसैगरी अन्य समयमा ५ जना भन्दा बढि समुहमा आउनेहरुलाई विशेष सहुलियतको व्यवस्था पनि कम्पनीले गरेको छ ।

गर्मी होस् वा जाडो जुनसुकै मौसममा पनि क्यानोनिङको मज्जा लिन सकिने भएकाले यसबाट पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने अपेक्षा संचालकहरुले राखेका छन । दक्ष गाइडहरुका साथ ५० मिटरको डोरीमा झुन्डिएर खेलिने खेलका लागि यस पदेली छहरा सम्पुर्ण कारणले उपयुक्त रहेको बताएको छ । क्यानोनिङ गर्नुअघि दुर्घाट्ना बिमा र सुरक्षाका लागि टाउकोमा हेलमेट, वेटसुट (विशेष किसिमको कपडा) तथा हारनेस सेट अनिवार्य कम्पनीले व्यवस्था गर्ने छ । पोखरानजिकैको छोटो दूरीमा अवस्थित यो क्यानोनिङमा आन्तारिक तथा वाह्य पर्यटकहरु क्यानोनिङ गरि विभिन्न पर्यटकिय गाँउहरुको भ्रमण गर्न सक्नेछन । कास्कीका विभिन्न रमणिय गाँउहरु जानका लागि बाटैमा पर्नेभएकाले पनि पर्यटकहरुले यसको मज्जा लिने विश्वास संचालकको छ ।

कमेन्टहरु
Loading...