नक्कली पासपोर्ट र डकुमेन्टधारी अपराधी पक्राउ गर्ने माइन्ड डिभाइस

सागर राज तिमिल्सिना
पोखरा, २६ पोखरा/नक्कली पासपोर्ट र ट्राभल्स डकुमेन्ट लिएर नेपाल आउने र विदेश जाने अपराधीहरुलाई पक्राउ गर्ने नेपाल प्रहरीले माइन्ड डिभाइस प्रविधि थप चार ठाउँमा प्रयोग गरेको छ । यस अगाडी त्रिभुवन विमानस्थलमा मात्रै यो डिभाइस प्रयोग हुदै आएको थियो ।

नेपालको भैरहवा, रसुवा र रक्सोल नाका तथा पोखराको अध्यागन विभागमा प्रयोगमा ल्याएको हो । त्यस क्षेत्रमा काम गर्ने प्रहरी र अध्यागन विभागका कर्मचारीलाई बिहीबार पोखरामा तालिम प्रदान गरि प्रयोगमा ल्याएको हो । इन्टरपोलको आइजिसिआइ सिङ्गापुरको सहयोगमा माइन्ड डिभाइस प्रयोगमा ल्याएको नेपालका प्रहरीका इन्टरपोलमा कार्यरत एसपि किरण ब्रजार्चाले जानकारी दिइन् ।

उनले माइन्ड डिभाइसको प्रयोग पछि अपराधीहरुलाई पक्राउ गर्न सहज हुने बताइन् । उनले एक देशमा अपराध गरेर अर्को देशमा लुक्न जाने अपराधीहरुलाई सजिलै पत्ता लगाउने बताइन् । तालिममा सहभागीहरुलाई एआईजि कमलसिंह बमले प्रमाणपत्र वितरण गर्दै खुल्ला सिमाका कारण नेपालमा आउने अपराधीहरुलाई पक्राउ गर्न डिभाइस सहयोगी बन्ने बताए ।

कमेन्टहरु
Loading...