चार जिल्लाका मानवअधिकार निगरानी समुहलाई पोखरामा प्रशिक्षण

पोखरा, २५ पुस /स्थानिय समुदायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेहि बनाउन पहल कार्यक्रम अन्र्तगत मानव अधिकार निगरानी समुहका सदस्यहरूका लागि आर्थिक ,सामाजिक ,साँस्कृतिक अधिकार सम्बन्धी तीन दिने तालिम पोखराका सुरू भएको छ ।

तालिममा कास्की, तनँहु, पाल्पा र कपिलबस्तु जिल्लाका मानवअधिकार निगरानी समुहका ४० जना सदस्यहरूको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दे पश्चिमाञ्चल क्षेत्रका क्षेत्रीय प्रशासक खगराज बरालले राज्यले ब्यवस्था गरेका सेवासुविधा लिनको लागि नागरिक सचेतना आवश्यक रहेको बताए । उनले अधिकारको कुरा गर्दा कर्तब्यको पाटोलाई पनि संगै लिएर जानुपर्ने बताए ।

क्षेत्रीय शिक्षा निर्देशनालयका उप–निर्देशक तिलक सिलवालले राज्यले आधारभुत शिक्षा निःशुल्क गरेता पनि अझै पनि कतिपय बालबालिका विद्यालय बाहिर रहेको बताउँदै सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या घट्दै जानु दुखद कुरा भएको बताए । उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै सरकारले ब्यवस्था गरेका छात्रवृत्ति, पाठ्यपुस्तक जस्ता सुविधा र सामाग्री समयमै उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै क्षेत्रीय स्वास्थ्य निर्देशनालयका खोप अधिकृत बद्री आचार्यले स्वास्थ्य अधिकार भित्र औषधी, डाक्टर र अस्पताल मात्र नभै मानिसको दैनिक आनीबानी, स्वास्थ्यकर्मीको ब्यवहार समेत पर्ने बताउँदै स्वस्थ्य समाज निर्माणको लागि मानवअधिकार निगरानी समुहले पनि ध्यान दिनुपर्ने बताए । क्षेत्रीय कृषी तालिम केन्द्रका तालिम प्रशिक्षक गंगा बहादुर थापाले कृषकहरूले अहिलेको समयमा आफु बाँच्नका लागि मात्र नभै अरुलाई बचाउनका लागि ब्यवसायीक प्रविधियुक्त कृषि अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

तीन दिन सम्म संचालन हुने तालिममा मानवअधिकारको अवधारणा, नेतृत्व विकास, मौलीक हक, शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी सरकारी नीति, निगरानी समुहको काम कर्तब्य र अधिकार लगायतका विषयमा स्थानीय विकास अधिकारी बलराम ढकाल, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय निर्देशक सुर्य बहादुर देउजा, जिल्ला कृषि बिकास कार्यलयका वरिष्ठ अधिकृत लोकेन्द्र बोहरा, महिला विकास अधिकृत लक्ष्मी जीसी, अधिवक्ता सुरेन्द्र थापामगर, नेष्ट पोखराका कृष्ण अबस्थी, अधिवक्ता सरलाकुमारी पाण्डे, जिल्ला जनस्वास्थ्य कार्यलयका बोधराज सुवेदी, कास्कीका जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदी लगायतले सहजीकरण गर्ने कार्यक्रम संयोजक सबनम शर्माले जानकारी दिइन् ।

इन्सेक क्षेत्रीय कार्यलय पोखराका संयोजक शिव खकुरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यलयका प्रलेख अधिकृत सुमीत्रा भट्टराईले स्वागत मन्तव्य राखेकी थिईन् भने कार्यक्रमको सञ्चालन इन्सेक क्षेत्रीय कार्यलय पोखराका कार्यक्रम संयोजक सबनम शर्माले गरेकी थिइन्

कमेन्टहरु
Loading...