पोखरा अस्पतालमा सुत्केरी मृत्युः प्रहरी र आफ्न्त बिच झडप ७ जना घाइते

पोखरा, १० साउन/ पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भए पछि तनाब सृजना भएको छ । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्दुकी ३३ बर्षिय निसाकुमारी थापाको मृत्यु भएको हो ।

चिकित्सको लापरबाही मृत्यु भएको भन्दै आफन्त र प्रहरी बिच झडप हुदाँ ७ जना घाइते भएका छन् । घाइते हुनेमा ४ जना प्रहरी र ३ जना आफ्न्तहरु घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी निरिक्षक विजय भण्डारी, हवल्दार मिन बहादुर पाण्डे, प्रहरीहरु रुपा परियार र डोलराज नेपाली घाइते भएका छन् । त्यसै गरि आफ्न्तहरु शोभाकर पौडेल, नरबहादुर थापा र रेशम थापा घाइते भएका छन् ।

सुत्केरी व्याथा लागे पछि बिहीबार बिहान निशा अस्पताल आएकी र बिहीबार साझँ बच्चा जन्माएको उनका भाई बसन्त थापाले जानकारी दिए । सुत्केरी भएपछि अत्याधि रक्तसाब्र भएको उनले बताए । उनले रक्तसाब्र भएपछि रगत नबक्ने औषधी गर्नु पर्ने थियो तर डाक्टरले औषधी नगरी अप्रेसन गरेका कारण दिदीको ज्यान गएको बताए ।

नमल डेलिभरी भएपछि अत्याधि रक्तसाब्र भएपछि अस्तालले जनाएको छ । ‘धेरै मात्रमा रगत बगेपछि हामीले पाठेघरको अप्रेसन ग¥यो,’ अस्पतालका एक डाक्टरले भने ‘अपे्रसन पछि पनि रगत बग्न नछाडेपछि उनको मृत्यु भयो ।’ निशाका आफ्न्त र छिमेकीले चिकित्सकको लापरबाहीले निशाको मृत्यु भएको भन्दै नारा बाजी गरेका छन् ।

मृतक निसाका श्रीमान केही समय पहिले विदेश गएका छन् । उनका नौ बर्षिया छोरा छन् । घरमा दृश्टी बिहिन ससुरा रहेको आफ्न्तले बताएका छन् ।

कमेन्टहरु
Loading...