फिर्के–बुलौँदी खोला नागरिक सरोकार समितिको नगरपालिकालाई ध्यानाकर्षण पत्र

पोखरा, १ असार /फिर्के–बुलौँदीखोला नागरिक सरोकार समितिले विभिन्न विषयमा पोखरा उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नागरिक समाज पोखराका संयोजक समेत रहेका फिर्के–बुलौँदीखोला नागरिक सरोकार समिति संयोजक रामबहादुर पौडेल नेतृत्वको टोलीले नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरलाई ३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

पत्रमा पोखरामा जारी बृहत सफाई अभियान नागरिक स्तरबाट उत्साह र उमंगका साथ अघि बढ्दै गएको सन्दर्भमा फोहर फाल्ने क्रम नरोकिएकोले फिर्के–बुलौंदीसँग जोडिएका वडाहरुमा क्रियाशील राजनीतिक दल सल्लाहकार रहने गरी वडा सचिवको अध्यक्षतामा टोल विकास संस्था, आमा समूह, वडा नागरिक मंच लगायत प्रत्यक्ष सरोकार राख्ने संघ–संस्थाहरु फोहर मैला व्यवस्थापन तथा नियमनका लागि अधिकार सम्पन्न वडा स्तरीय समिति (संयन्त्र) अविलम्ब गठन गर्न आग्रह गरिएको छ ।

साथै सफाई अभियानसँगै फिर्के–बुलौँदीमा मापदण्ड विपरीत निर्माण गरिएका अवैध संरचना हटाई पैदलमार्ग, ग्रिनबेल्ट र साइकल लेन निर्माणका लागि योजना तर्जुमा गर्न तथा पुनरावेदन अदालतदेखि सर्वोच्च अदालतले समेत २७ वडालाई प्लाष्टिक झोला र गिलास निषेध गर्न मार्गप्रशस्त गरेको सन्दर्भमा पोखरालाई अविलम्ब प्लाष्टिकजन्य झोला र गिलास निषेध नगर घोषणा गर्न अनुरोध गरिएको छ । कार्यक्रममा कार्यकारी अधिकृत कुँवरले समितिले चलाएको उक्त अभियान सकारात्मक रहेको बताउँदै उल्लेखित विषयमा आपूmले पहल गर्ने र निर्णय कार्यान्वयन गर्ने बताए ।

कमेन्टहरु
Loading...