पोखरामा ग्यास पड्किँदा २ घाइते

पोखरा, २ असोज/ खाना पकाउने ग्यास सिलिण्डरको बाहिर पड्किँदा पोखरामा बुधबार २ जना घाइते भएका छन् ।

पोखरा १० औद्योगिक क्षेत्रमा डेरा गरी बस्ने २२ वर्षीय विजय रेग्मी र २६ वर्षीया सीता रेग्मी सिलिण्डर पड्किँदा घाइते भएका हुन् । तीमध्ये विजयको अवस्था गम्भीर छ ।

पर्वत जलजला गाउँपालिका घर भइ उनीहरु औद्योगिक क्षेत्रमा गंगा सापकोटाको घरमा डेरा लिई बस्दैआएका थिए । बुधबार राति करिब ८ बजे एक्कासी ग्यास लिई बन्द गर्न खोज्दा उनीहरु घाइते भएको कास्की प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।

कमेन्टहरु
Loading...