सात महिना सम्म ग्यास फर्न नपाउने कस्तो वितरण प्रणाली ?

पोखरा, २४ चैत /असोजमा नयाँ सविधानको विरोध गर्दै मधेषमा आन्दोलन थालनी भए पछि नेपालमा ग्यासको अभाव हुन थाल्यो । असोजमा ग्यास फेरेकाहरुले अहिले सम्म कतिपयले सिलिण्डर पाउन सकेका छैनन् । असोजबाट अहिले सम्म सात महिना भई सक्दा पनि ग्यास फेर्न नपाउने कस्तो विडम्बना । आफ्न्तको ग्यास डिपो हुनेहरुले यो अवधिमा सातै पटक ग्यास लगे ।
तर आफ्न्त नहुनेहरुले कहिले पाउने हुन् भन्ने अझै निस्चित छैन । यो कस्तो वितरण प्रणाली ? आफ्न्तको घरमा अब एक वर्ष सम्मलाई पुग्ने ग्यास स्टक राखेका छन् । कतिपयले त कालो बजारी समेत गरेका छन् । नयाँ सिलिण्डर र ग्यास सहितको मुल्य ३७ सय रुपैया पर्छ । तर अहिले ४२ सय देखि ५ हजार सम्ममा कालो बजारी भई रहेको छ ।

कालो बजारीमा ग्यास डिपो र विक्रेता नै संलग्न छन् । तर प्रसाशन भने थाहा पाइपाइ पनि कानमा तेल हाले बसेको छ । जसले गर्दा सर्वसाधारणले ग्यास पाउन सकेका छैनन् । पहुच वाला वा व्यवसायीको भण्डारणमा स्टक ग्यास छन् । प्रसाशनले केहि समय पहिले ग्यास कार्डको नाटक रचे पनि न त्यो लागु भयो न सबै सगँ कार्ड नै पुग्यो । ग्यास विक्रेताले नयाँ सिलिण्डर विकाउने मौका पनि यसैलाई लिएका छन् जसले गर्दा ग्यास अभाव अझ बढ्दै गएको छ ।

आफ्नो ग्यासको बजार विस्तार गर्न कम्पनीले अनुमति नै नलिइ बजारमा सिलिण्डर ल्याउदा समेत प्रशासन मौन छ । जस्ले गर्दा सर्वसाधरण ग्यास पाउनबाट बन्चित छन् । सर्वसाधारण सम्म ग्यासको पहुँच पु¥यान कहिले काम थाल्ला प्रशासनले र कहिले पाउला ? आकाशको फल आखाँ तरिर्म भने जस्तै भयो । प्रशासन निरिह हुदा सर्वसाधरणले कठिइ भोग्नु परेको छ ।

कमेन्टहरु
Loading...