गण्डकी प्रदेशमा पोखराका सितलादेबी र मदरल्याण्ड मावि उत्कृष्ट घोषणा (अरु कुन कुन सहित)

सागर राज तिमिल्सिना
पोखरा, १० भदौं / गण्डकी प्रदेशबाट एसईई परीक्षा २०७५ सालमा उत्कृष्ट ग्रेड ल्याउदै सरकारी तर्फ सितलादेबी सामुदायीक विद्यालय र नीजि तर्फ मदरल्याण्ड मावि पहिलो भएका छन् ।

सामाजीक विकास मन्त्रालय गण्डकी शिक्षा विकास निर्देशनाले यी विद्यालयलाई उत्कृष्ट घोषणा गरेको हो । यी विद्यालय अघिल्लो वर्ष राष्ट्रिय रुपमा उत्कृष्ट भएका थिए ।

त्यसै गरी सरकारी विद्यालय तर्फ बागलुङको गणेश मावि दोस्रो र विध्यवासीनि मावि बाटुलेचौरले तेस्रो स्थान हासिल गरेका छन् ।

त्यसै गरि नीजि तर्फ सिसुनीकेटन मावि विरौटा दोस्रो र गण्डकी आवासीय विद्यालय तेस्रो हुन सफल भएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक तिलक सिल्वाले जानकारी दिए ।

उनले उत्कृष्ट भएका विद्यालयहरुलाई भदौ २२ गते शिक्षा दिवसको अवसरमा पोखरामा पुरस्कार सहित सम्मान गरिने बताए । एसईईमा ल्याएको नतिजालाई आधार मानेर अंक दिइ उत्कृष्ट विद्यालय छनौट गरेको उनले बताए ।

कमेन्टहरु
Loading...