गण्डकी प्रदेशमा तेल भण्डारण बताउन ६ ठाउँ प्रस्ताब

पोखरा, २५ पुस / गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा छनौटका लागि काम सुरु भएको छ । सरकारले उर्मिला काफ्लेको अध्यक्षतामा जग्गा छनौट समिति गठन गरेपछि समितिले ६ वटा विकल्प सहितको जग्गा प्रश्ताव गरेको छ ।

पहिलो विकल्पमा शुक्लागण्डकी नगरपालिका ३ को गाछेपानीमा रहेको २ सय रोपनी जग्गालाई उपयुक्त भनि प्रश्ताव गरिएको छ । यसबाहेक शुक्लागण्डकी ८ मा रहेको तिब्बेतियन क्याम्पसँग जोडिएको जग्गामा पनि प्राथमिकताका साथ प्रश्ताव गरिएको छ ।

तेश्रो विकल्पको रुपमा गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास प्रतिष्ठान नजिकको जग्गा, चौंथोमा मस्र्याङदी जलविद्युत आयोजनाको ड्याम नजिक मार्किचोकमा रहेको जग्गा, पाचौंमा गोरखकाली रवर उद्योग र अन्तिम विकल्पमा पालुङटार क्षेत्रलाई देखाईएको छ ।

समितिले जग्गाको प्रश्ताव बुझाएपनि सरकारले अझै अध्ययन गरिरहेको सरकारका प्रबक्ता रामशरण बस्नेतले बताए । उनका अनुसार ९० हजार लिटर क्षमताको तेल भण्डारण केन्द्र निर्माण हुनेछ ।

‘कम्तिमा ३ महिनाका लागि आवश्यक डिजेल पेट्रोल भण्डारण गर्न सक्ने ठाउँ चाहिन्छ । सरकारलाई जग्गाको सिफारिस आईसकेको छ, उनले भने–अव उपयुक्त ठाउँलाई छानेर आवश्यक प्रक्रिया अघि बढाइन्छ ।’

जग्गा दिन सके नेपाल आयल निगमले पनि भण्डारण केन्द्र निर्माणमा चासो दिएको बस्नेतले बताए । सरकारले यसका लागि पहिलो बजेटबाटै बजेट विनियोजन गरेर प्रक्रिया अघि बढाएको थियो । हाल पोखरामा मात्रै सामान्य खालको भण्डारण केन्द्र छ । यसले साता दिनलाई पनि तेल पु¥याउन सकेको छैन । यसैलाई मध्येनजर गर्दै सरकारले ठूलो आकारको भण्डारण केन्द्र निर्माण गर्न लागेको हो ।

कमेन्टहरु
Loading...