गण्डकी प्रदेश र चीनको हाइनान प्रान्त बीच मितेरी साइनो

पोखरा, ३० कात्तिक / गण्डकी प्रदेश र चीनको हाइनान प्रान्त बीच मितेरी साइनो जोड्ने समझदारीमा हस्ताक्षर भएको छ । दुई प्रदेशबीच शुक्रबार पोखरामा मितेरी सम्बन्ध जोड्ने समझदारीमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुन र हाइनान प्रान्तीय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सु जुनले हस्ताक्षर गरे । सहमती पछि गण्डकी प्रदेशका २० जना विद्यार्थीलाई चीनको हाइनान प्रान्तले पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा दिने भएको छ ।

४ वर्षे डिप्लोमा पढ्न प्रत्येक वर्ष गण्डकी प्रदेशका ४ जना विद्यार्थी पठाउने सहित ७ बुँदे समझदारी भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए । उनले पर्यटन, ऊर्जा, प्राविधिक शिक्षा, वाणिज्य र व्यापार तथा सांस्कृतिक विकास र प्रवद्र्धनका समझादारी भएको बताए ।

उनले गण्डकी प्रदेशले स्थापना गर्ने प्राविधिक महाविद्यालयका लागि हाइनानले सघाउनेबारे यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हाइनानको भ्रमणका बेला सहमति भएको थियो ।

सोही अवसरमा पोखरा महानगरपालिका र हाइनानको हाइकावो नगरबीच पनि मितेरी सम्बन्ध स्थापित भएको छ । पोखराकी उपमेयर मञ्जुदेवी गुरुङ र हाइकावोका उपाध्यक्ष फान जोङ्लीबीच समझादारीपत्रमा हस्ताक्षर गरे ।

सोही टोलीमा आएको चिनियाँ प्रतिनिधि मण्डलकै एक टोलीले मुस्ताङमा सौर्य ऊर्जा उत्पादनको अध्ययन गर्न शनिबार जाँदैछ ।

कमेन्टहरु
Loading...