मोहरिया–सिंहनाथ टोलका बिजुलीका पोल रंगाउँदै फुल सहितको गमला

पोखरा, २२ माघ/ पोखराको मोहरिया–सिंहनाथ टोललाई सुन्दर बनाउने अभियान शुरु भएको छ । मोहरिया–सिंहनाथ टोल विकास संस्थाको अगुवाईमा टोललाई सुन्दर बनाउने अभियान शुरु भएको हो ।

अभियान अन्तर्गत सडकका बिजुलीको पोलमा रंग लगाउने र फुलसहितको गमला पोलमा राखेर टोललाई सुन्दर बनाइएको हो । पवित्र विन्ध्यबासिनी मन्दिर नजिकको टोललाई सुन्दर बनाउने अभियान स्वरुप गमलामा फुल रोप्ने र पोल रंगाउने अभियानको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र टोल विकास संस्थाका सल्लाहकार जवाहरलाल श्रेष्ठले संयुक्त रुपमा मंगलबार उद्घाटन गरे । श्रेष्ठ द्वयले पोलमा गमला राखेर उद्घाटन गरेका हुन् ।

धार्मिक तथा पर्यटकीय स्थल बिन्ध्यबासिनी मन्दिर प्रवेश गर्नु अगावै टोलमा पनि सुन्दरता देखेर तीर्थ यात्रीहरु प्रफूल्ल हुन् भनेर बिजुलीका पोल रंगाउने र फुलसहितको गमला राखिएको मोहरिया–सिंहनाथ टोल विकास संस्थाका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिए । उनले मोहरिया–सिंहनाथ टोलका १४ वटा बिजुलीका पोलमा २८ वटा फुलसहितको गमला राखिएको बताए ।

संस्थाका अध्यक्ष विमल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतिकर्मी तथा विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठलगायतकोपनि सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...