Ganthan News Pokhara
All news from Pokhara & around

फेवातालमा डुबेर बेपत्ता रोशनको शव ६ दिनपछि भेटियो

0

पोखरा, २९ मंसिर /गत सोमबारदेखि फेवातालमा डुबेर बेपत्ता भएका रोशन श्रेष्ठको शव शनिबार बिहान भेटिएको छ । शनिबार बिहान तालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् ।

उनको शव रत्नमन्दिर नजिकै भेटिएको रानाले बताए । काठमाण्डौको ताहाचलबाट दिदीसहित पोखरा घुम्न आएका १९ बर्षीय श्रेष्ठ प्याडल बोटबाट सेल्फि खिच्न खोज्दा तालमा डुबेर बेपत्ता भएका थिए ।

लाईफ ज्याकेट बिना सेल्फी खिच्न खोज्दा तालमा डुबेर उनी बेपत्ता भएका हुन् । काठमाडौंबाट दिदी रोशनी श्रेष्ठसँग आइतबार पोखरा घुम्न आएका श्रेष्ठकोका दिदीभाइ फरक फरक डुंगामा सवार थिए ।

नेपाली सेना, सशस्त्र, प्रहरीको विशेष टोलीले तारजालीको सहायतामा उनको खोजी कार्य जारी राखेको थियो । उनको शव पोष्टमार्टमका लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु