एआइबिटीमा देखिएको समस्या प्रति इक्यान कास्कीको ध्यानाकर्षण (विज्ञप्ति सहित)

पोखरा, १० फागुन /अष्ट्रेलिया स्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइविटी) मा देखा परेको समस्या प्रति नेपाल शैक्षिक परामर्श संघ (क्यान) कास्कीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाले शुक्रबार विज्ञप्ति जारी गरी कलेजलाई बन्द गरिदिने अष्ट्रेलियन क्वालिटि अथ्योरिटि (एएसक्युए)को निर्णयबाट कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुमा पर्न गएको समस्या प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल शैक्षिक परामर्श संघ (इक्यान) नेपालमा रहेर शैक्षिक परामर्श सेवा प्रदान गर्ने परामर्शदातृ संस्थाहरुको सबैभन्दा ठुलोे व्यावसायिक छाता संगठन भएकाले उल्लेखित र यस्ता प्रकृतिका समस्याहरु प्रति संस्थाको गम्भिर चिन्तन र चासो हुनु स्वाभाविक विषय हो,’ इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

हाल समस्याको रुपमा आएको एआइविटी कलेजसँग सम्वन्धित नेपाली विद्यार्थीहरुको अध्ययनको सुनिश्चितता एवं मान्यताका विषयमा, त्यसको समुचित समाधानका निमित्त नेपाल सरकार शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आवश्यक पहलकदमी गरिसकिएको इक्यानले जनाएको छ । ‘समस्या समाधान नभएसम्म यसको निरन्तरता हुनेछ,’ विज्ञप्तिमा छ ।

एआइबिटीमा देखिएको समस्या प्रति इक्यान कास्कीको ध्यानाकर्षण (विज्ञप्ति सहित)
एआइबिटीमा देखिएको समस्या प्रति इक्यान कास्कीको ध्यानाकर्षण (विज्ञप्ति सहित)
कमेन्टहरु
Loading...