कास्कीका डा. हुम गुरुङलाई अष्टेलीयामा अन्तर्राष्ट्रिय अवार्ड

पोखरा, २१ भदौ / कास्कीको सिक्लेका संरक्षण विद डा हुमबहादुर गुरुङ अष्टेलीयामा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत गरिएको छ ।

संरक्षण क्षेत्रमा डा गुरुङले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा खेलेको भूमीकाबाट अष्टेलियाको ग्रिफित विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय एलम्नस अवार्ड २०१९ बाट सम्मानित गरिएको हो ।

विश्व विद्यालयमा अध्ययन गरिसकेको विश्वका १ सय ४५ देशका २ लाख जना अन्तर्राष्ट्रिय आलमुनस प्रतिस्पर्धाबाट गुरुङले यो अवार्ड पाएका हुन् । अष्टेलियाको ग्रिफित विश्वविद्यालयमा प्रदान गर्ने अवार्डबाट यस वर्ष कास्कीको मादी गाउँपालिका सिक्लेसका संरक्षण विद डा गुरुङलाई अवार्डबाट सम्मान गरिएको हो । यो अवार्ड पहिलो पटक नेपालीले पाएका हुन् ।

डा गुरुङ सहभागीता मुलक अनुसन्धान र समुदायमा आधारित पद्यतीहरु, वातावरण शिक्षा, दिगो विकास, जलवायु परिवर्तन, जैविक विविधता, दिगो पर्यटन व्यवस्थापनमा अध्ययन, अनुसन्धान गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछी संरक्षण संग लगायतका बिभिन्न संघ संस्था हुँदै डा गुरुङ हाल बर्डलाईफ इन्टरनेशनल मलेशियाका क्षेत्रीय परियोजना अधिकृतको रुपमा कार्यरत छन् ।

कमेन्टहरु
Loading...