वैज्ञानीक बा

पोखरा, २१ चैत /पोखरा देखी बागलुङ जाने राजमार्गको छेउ सानो टिनले छाएको घर छ । घरको आगाडी पर्टि खुल्ला कोठा छ । त्यस कोठामा अटाइ नआटाई दृष्टि बिहिनहरुका लागि आवश्यक पर्ने सामग्रीहरुले भरिएका छन् तर ति कतैबाट किनेर ल्याएका हैनन् ।

दीनबन्दु कोइरालाले निर्माण गरेका दृष्टिबिहिनका लागि सामग्री
दीनबन्धु कोइरालाले निर्माण गरेका दृष्टिबिहिनका लागि सामग्री

ती त पोखरा ५ पस्र्याङ निवासी दीनबन्धु कोइरालाले आफै बनाएका हुन् । उनले दृष्टिविहिन छामेरै पढ्न र लेख्न सक्ने सामग्रीहरु निर्माण गरेका छन् । उनी करिब ११ बर्ष देखी दृष्टिविहिनलाई उपयोग हुने नयाँ नयाँ सामग्रीहरु बनाउदै आएका छन् ।

उनले बनाएका विभिन्न सामग्रीहरु पोखरामा दृष्टिविहिहरु पढ्ने विद्यालय अमरसिंह माविलाई प्रदान गरेका छन् । उनले अहिले पनि छामेर विश्वका महादेशहरु पत्ता लागउने, लेख्ने, दुना पढ्न सक्ने, हिसाब गर्ने सहयोगि काठका सामग्रीहरु बनाएका छन् ।

दीनबन्दु कोइरालाले निर्माण गरेका दृष्टिबिहिनका लागि सामग्री
दीनबन्धु कोइरालाले निर्माण गरेका दृष्टिबिहिनका लागि सामग्री

करिब ३० वर्ष अघि कामको सिलसिलामा पोखरा फर्किदै गर्दा दीनबन्धु कोइरालाले दृष्टिबिहिन सगँ भेट भए पछि उनलाई यस्ता सामग्री बनाउने प्रेरणा मिलेको हो । उमेरले ८५ वर्ष पुगिसेका उनीमा अझै पनि जोस र जागर छ । त्यसै अझैपनि सामग्रीहरु बनाइ रहेको उनले बताए
उनले अहिले सम्म करिब १ सयभन्दा बढी सामग्री बनाएको उनी बताउँछन् ।

ति सामग्रीहरु दृश्टिविहिन पढ्ने विद्यालयमा पनि वितरण गरि सकेका छन् । करिब ३३ वर्ष निजामति कर्मचारीका रुपमा काम गरेका थिए । उनलाई वैज्ञानीका बा भन्दै स्कुले केटाकेटीले खेल्नका लागि सामग्री बनाइदिने भन्दै आउने गरेको बताए ।

यसरी भए प्रेरित

उनी पोखरा फर्किने क्रममा उनको एक दृष्टिविहिन युवक सगँ भेट भयो । सँगै यात्रा गर्ने तय भएपछि युवकसँग परिचय साटासाट गरे । गफिदै यात्रा सुरु गरे । यात्रा रोमाञ्चक बन्दै थियो ।
पोखरा छिरेपछि युवकको एउटा कुराले उनी चकित बनायो ।

दीनबन्दु कोइराला
दीनबन्धु कोइराला

उनीहरु चढेको गाडिको विपरीत भएर गएको गाडिको नम्बर बताइदिए । आश्चर्य मान्दै उनले ति युवालाई सोधे, ‘बाबु, यो कसरी पत्ता लगायौ तिमिले ?’ यो भन्दा अघि त्यो गाडिमा चढि सकेको रहेछन् उनी । त्यतिबेला चढेको सम्झना अझै पनि उनी सँग रहेछ ।

ति युवकको असाधारण क्षमताले प्रभावित बनेका उनले युवकलाई तिमीसँग दृश्टि भएको भए धेरै राम्रो मान्छे बन्ने सक्ने बताए । जवाफमा ति युवकले भने, देख्न सक्ने भए म गुण्डा पनि बन्थे होला ।

ति युवकको जवाफले प्रभावित बनेका उनलाई तत्कालै दृश्टिविहिनका लागि केही गर्ने अठोट गरे । पोखरा फर्केपछि दृश्टिविहिनलाई अध्ययन गर्न आवश्यक सामग्री बनाउँन थाले ।

कमेन्टहरु
Loading...