माओवादी केन्द्रले कास्कीबाट निर्वाचनका लागि उम्मेदवार सिफारिस (को को परे त ?)

पोखरा, २० असोज/माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाका लागि कास्की जिल्लामा उम्मेदवार सिफारिस गरेको छ । जस अन्तर्गत संघका लागि १ नम्बर निर्वाचन क्षेत्रमा देव गुरुङ र २ नम्बर क्षेत्रमा राजकाजी गुरुङ सर्वसम्मत रुपमा तथा क्षेत्र नं. ३ बाट भने रामजी बराल, दुर्गा बि.क., नवराज भण्डारीको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले जानकारी दिए ।

उनका अनुसार प्रदेशसभा तर्फ क्षेत्र नं. १ को क मा झलकपाणि तिवारी र नवराज बराल, क्षेत्र नम्बर १ को ख मा विश्वप्रकाश लामिछाने र दीपक कोइरालाको नाम सिफारिस गरिएको छ । त्यस्तै गरी क्षेत्र २ को क मा गंगा पोखरेल र २ को ख मा रामप्रसाद पौडेल सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

३ को क मा सुमिता बस्नेत, तिर्थ लुईंटेल र राजु तिमिल्सिनाको नाम चर्चामा रहेपनि अन्त्यमा तिमिल्सिनाको नाममा सहमति जुटेको लामिछानेले जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर ३ को ख मा भेषराज पौडेल, हरि भण्डारी, दुर्गा भण्डारी र गोमा ढकालको नाम सिफारिस गरिएको उनले बताए ।  माओवादी केन्द्रले सर्वसम्मत हुन नसकेका क्षेत्र मध्ये क्षेत्र ३ को संघ तथा ३ को ख मा पनि सहमति जुटाउने प्रयास भइरहेको जनाएको छ ।

 

कमेन्टहरु
Loading...