मनाङेको सपथमा विपक्षीको विरोध, भारतीय गाडी चढेर प्रदेशमा

पोखरा, १५ माघ /मनाङ (ख) बाट निर्वाीचत राजीव गुरुङ अथात् दिपक मनाङेले सपथ लिएको बिषयमा गण्डकी प्रदेशसभाका प्रतिपक्षी तीनवटै दलले बिरोध गरेका छन् । गण्डकी प्रदेशको प्रदेश सभामा मंगलबार विशेष समय लिएर संसदमा सपथले सदनभित्र गलत नजिर बसेको भन्दै विरोध गरेका छन् ।

काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले यो सपथले सदनभित्र गलत नजिर बसेको बताए । उनले राजनीति र नैतिकता हेरेर सभामुखले गलत नजिर बसाउन नहुने बताए ।

राष्ट्रिय जनमोर्चाका संसदीय नेता कृष्ण थापाले जनप्रतिनिधी धोएको सेतो मुला जस्तो हुनु पर्न बताए । मनाङेको सपथले संघीयताको नराम्रो धज्जी उडेको बताए । उनले इतिहासको दोश्रो कलंकित भएको बताए ।

नयाँ शक्तिका संसदीय नेता हरिशरण आचार्यले अदालतले फैसला नगरेसम्म सपथ गराउन नहुने भन्दै बिरोध गरे । सभामुख नेत्रनाथ अधिकारीले हिजो पद तथा गोपनीयताको सपथ गराएका थिए । सपथ लिएको भोली पल्टै सांसद राजीव गुरुङले मंगलबार गण्डकी प्रदेशसभामा आउँदा भारतीय नम्बर प्लेटको गाडी चढेर प्रबेश गरेका छन् ।

प्रदेश सभा भवन भित्र सरकारी नम्बर प्लेटको र मन्त्रीको गाडीमात्र संसद कम्पाउन्ड भित्रको पार्किङस्थलमा पुग्न पाउँछन् । भारतीय नम्बर प्लेटको गाडी संसदमा किन आउन दिइयो भन्दै सबै सांसदहरु नै आश्चर्यमा परेका थिए । मनाङेले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेको बताए ।

कमेन्टहरु
Loading...