पोखरामा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु, कोरोना परीक्षण हुदै

पोखरा, १३ चैत / कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । भारतको हैदराबादबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका ५० वर्षीय विश्वबन्दु नेपालीको मृत्यु भएको हो ।

उनी रुपा गाउँपालिकाले मंगलबार देखी सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका थिए ।
बुधबार एक्कासी ढलेपछि उनको थप उपचारका लागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी १२ दिनअघि भारतबाट नेपाल आएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । नेपालीको कोरोना परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

बिहीबार गाडीबाट कोरोना परीक्षणा लागि पठाएको प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...