कक्षा ११ नतिजा प्रति असन्तुष्टि विद्यार्थीलाई समर्थन गर्दै अनशनमा

पोखरा, २४ मंसिर / उत्तर पुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा राम्रो नआएको भन्दै आन्दोलनरत कास्कीका विद्यार्थीलाई सघाउन विद्यार्थी संगठनहरुले रिले अनशन शुरु गरेका छन् ।

पोखरामा क्रियासिल ५ वटा विद्यार्थी संघठनले कक्षा ११ का विद्यार्थीको आन्दोलनमा सर्मथन गर्दै सोमबार देखी रिले अनसन शुरु गरेका हुन् । कक्षा ११ का विद्यार्थीहरुले राखेको माग पुरा नभए पछि आफुहरु समेत आन्दोलनमा आएको अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतमले बताए ।

उनले विद्यार्थीका मागहरु पुरा नभए सम्म आफुहरु आन्दोनमा निरत्नरता दिने बताए । सोमबार विहान ११ बजे देखी १० जना विद्यार्थीहरु रिले अनसनमा बसेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको नतिजामा लापारबाही गरेको भन्दौ कक्षा ११ का विद्यार्थीहरु आन्दोलनमा निरन्तर उत्रेका थिए । नतिजा प्रति असन्तुष्ट जनाउँदै रिटोटलिङ गर्दा रिटोटलिङमा समेत लापारबाही भएको विद्यार्थीले आरोप लगाएका छन् ।

रसायनशास्त्र, भौतिकशास्त्र र गणित विषयको रिटोटलिङ गर्दा रिटोटलिङ नै नगरेको अंग्रेजी विषयमा ग्रेड बढेर नतिजा आएको विद्यार्थीले सुनाए ।

परीक्षा बोर्डको लापारबाहीका कारण १२ कक्षाको परिक्षाको तयारी गर्नु पर्ने बेलामा आन्दोलनमा उत्रनु परेको विद्यार्थीको भनाई छ । परीक्षामा नै सहभागी नभएका विद्यार्थीको रिजल्ट पास भएर आएको तर कलेज टपर लगायतका राम्रा विद्यार्थीको रिजल्ट नै बिग्रेको विद्यार्थीको भनाई छ ।

परीक्षा बोर्डको लापरबाहीले गर्दा सयौं विद्यार्थीको भविष्यमै लापारवाही भएको विद्यार्थीहरु बताउ छन् । रिटोटलिङको नतिजा प्रति पनि असन्तुष्ट जनाउँदै विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् । २ हजार ७ सय जना विद्यार्थीको नतिजामा सुधार नआएको विद्यार्थीले बताएका छन् ।

कास्कीका विद्यार्थी नतिजा प्रकाशनको भोलिपल्ट २१ गते देखि नै परीक्षा बोर्ड कार्यालय पोखरा लगायतका शैक्षिक र प्रशासनिक कार्यालयमा धर्ना गर्दै आएका छन् । परिक्षा बोर्ड पोखराले भने विद्यार्थीको गुनासो केन्द्रमा पु¥याएको बताएको छ ।

Posted by Ganthan.com on Monday, December 10, 2018

११ कक्षाको नतिजा राम्रो नआएको बारे के भन्छन् विद्यार्थी नेता

#11 class #११ कक्षाको नतिजा राम्रो नआएको बारे के भन्छन् विद्यार्थी नेता

Posted by Ganthan.com on Monday, December 10, 2018

कमेन्टहरु
Loading...